
१ साउन, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बैंकबाट ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति अन्त्य गर्न सरकार तत्पर रहेको बताएका छन् ।
मंगलबार नवनियुक्त अर्थमन्त्री पौडेललाई भेट्न पुगेका नेपाल बैंकर्स संघ प्रतिनिधिसँगको छलफलमा उनले सरकार अभिभावक भएकोले सबैको समस्या समाधान गर्न अग्रसर रहेको बताए ।
बैंक तथा वित्तीय संस्थाहरूले पुर्याएको योगदान सकारात्मक रहेको भन्दै उनले हाल अर्थतन्त्रमा देखा परेका चुनौती समाधान गर्न सरोकारवालाहरू पनि एकजुट हुनुपर्ने बताए । सबै जना एकजुट भएर अर्थतन्त्र चलायमान बनाउने तर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।
अर्थमन्त्री पौडेलले बैंकका कर्मचारीमाथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएकोले समाजमा बढ्दै गइरहेको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको उनले बताए ।
वर्तमान सरकार स्थायी सरकारको रूपमा लामो समयसम्म रहने भएकोले अर्थतन्त्रमा देखिएको राजनीतिक अस्थिरताको समस्या अन्त्य हुने र अर्थतन्त्र चलायमान हुने विषयमा सबैलाई आशावादी हुन उनले आग्रह गरे ।
अर्थमन्त्री पौडेलसँगको भेटमा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखा परेका चुनौतीहरूका विषयमा जानकारी गएका थिए ।
कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन नसकेको भन्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरकार अग्रसर हुनुपर्ने बताए ।
प्रतिक्रिया 4