+
+

फिल्म ‘नम्बरी सुन’ले दर्शकलाई पुरस्कृत गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते २०:१०
फिल्म नम्बरी सुनको पत्रकार सम्मेलनमा अभिनेता विनोद न्यौपाने (दायाँदेखि) र अभिनेत्री नम्रता सापकोटा ।

काठमाडौँ । साउन २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ले फिल्म हेर्ने १२ जना दर्शकलाई पुरस्कृत गर्ने भएको छ । आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई फिल्मका तर्फबाट उपहारस्वरुप सुन दिने घोषणा गरे ।

उनले खल्ती एपबाट फिल्म ‘नम्बरी सुन’को टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जनालाई दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरे । लक्की ड्रमार्फत विजेता घोषणा गरिने भएको छ ।

निर्देशक राजु गिरीले फिल्मले झण्डै ७० वर्ष अघि घर-घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने बताए । ‘अहिलेका दर्शकले मनपराउने स्वादकोे माया प्रेम, सेन्टिमेन्टल र कमेडी फ्लेभर यसमा छ’ उनले भने ।

अभिनेत्री नम्रता सापकोटाले फिल्ममा आफूले प्रेम प्राप्त गर्न संघर्षरत ग्रामीण युवतीको भूमिका निर्वाह गरेको बताइन् । ‘अहिलेसम्म मैले गरेका फिल्मभन्दा केही फरक काम ‘नम्बरी सुन’मा छ’, उनले भनिन् ।

अभिनेता विनोद न्यौपानेले फिल्ममा आफू सहायक चरित्रमा देखिए पनि त्यो चरित्र दर्शकले मनपराउने दाबी गरे । फिल्ममा गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।

सुवर्ण शिवांश प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?