+
+

विद्यालय शिक्षा विधेयकमाथि छलफल अघि बढाउँदै संसदीय समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते २०:५८

१ साउन, काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा सम्बन्धी विधेयकमाथि छलफल अघि बढाउने भएको छ ।

पछिल्लो समय समितिमा यो विधेयकमाथि छलफल रोकिएको थियो । विधेयकमाथि पुनः छलफल अगाडि बढाउने गरी समितिले बुधबार बैठक नै राखेको छ ।

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्ने गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहान ११ बजे बैठक राखेको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा विधेयकमा संशोधन राख्ने संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ ।

समितिका उपसचिव दशरथ धमलाले संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने गरी बैठक राखिएको जानकारी दिए ।

२७ भदौ २०८० मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ । यो विधेयकमा १५२ जना सांसदले १ हजार ७८५ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?