+
+

बंगलादेशमा आरक्षणको विरोधमा चर्को आन्दोलन, ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १३:४५

२ साउन, काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा रहेको आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको आन्दोलनले हिंसात्मक रूप लिएको छ ।

आन्दोनका क्रममा ६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको बीबीसीले जनाएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि देशभरका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ ।

आन्दोलनकारीहरूले आरक्षण प्रणाली भेदभावपूर्ण भएको तर्क गरेका छन् । सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने उनीहरूको माग छ ।

सन् १९७१ देखि बंगलादेशको सरकारी जागिरमा विभिन्न समूहलाई आरक्षण दिइएको छ । बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने आन्दोलनमा लडेका व्यक्तिको सन्तान, महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि आरक्षणको व्यवस्था छ ।

एकतिहाइ सरकारी पद युद्धको समयका नायक भनी वर्गीकृत गरिएका व्यक्तिका सन्तानका लागि छुट्याइएको छ ।

बंगलादेशमा सरकारी जागिरलाई निकै महत्व दिइन्छ । सेवासुविधा पनि आकर्षक हुन्छ । कूल सरकारी पदमध्ये आधा निश्चित समूह र वर्गका लागि आरक्षित गरिएको छ ।जसको विरोधमा आन्दोलन चर्किएको छ र आन्दोलनमा विद्यार्थीहरूको ठूलो उपस्थिति देखिएको छ ।

शेख हसिनाको सरकारले सन् २०१८ मा आरक्षण प्रणाली खारेज गरेको थियो । तर, गएको जुन महिनाको पहिलो सातामै अदालतले आरक्षणलाई पुनर्स्थापनाको आदेश दियो । त्यसपछि विद्यार्थीहरूले आन्दोलन सुरु गरेका थिए ।

पुनः बंगलादेशको उच्च अदालतले आरक्षण प्रणालीलाई गत साता निलम्बन गरेको थियो । तर,आन्दोलनकारीहरूले यो प्रणाली स्थायी रूपमा नै खारेज नभएसम्म विरोध प्रदर्शनहरू जारी नै राख्ने प्रतिक्रिया दिएका छन् ।

यससम्बन्धी मुद्दामा अगस्ट ७ तारिखमा सुनुवाइ हुँदैछ । विद्यार्थीहरूलाई उनीहरूको पक्षको भनाइ अदालतसमक्ष प्रस्तुत गर्ने अवसर पनि दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?