+
+

‘काली २’ ल्याउँदै रेखा थापा, सुरु गरिन् ‘फिजिकल मेन्टेन’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १४:१३

काठमाडौं । अभिनेत्री तथा निर्मात्री रेखा थापाले दशकअघिको आफ्नो हिट फिल्म ‘काली’को दोस्रो श्रृंखला ल्याउने भएकी छिन् । यस वर्षको अन्त्यदेखि छायांकन सुरु हुने फिल्ममा उनको शीर्ष भूमिका हुनेछ ।

यो महिला एक्सनप्रधान फिल्मको पटकथा शिवम् अधिकारीले लेखिरहेका छन् । ‘कालीको कथा जहाँबाट टुंगिएको थियो, त्यहींबाट कथा सुरु हुन्छ,’ अधिकारीले भने, ‘हामी यतिबेला स्क्रिप्ट लेखनको प्रारम्भिक फेजमा छौं ।’

रेखाले पनि यो हिट फिल्मको दोस्रो भाग ल्याउने बताइन् । ‘काली’को पहिलो भागमा उनी महिला प्रहरी अधिकृतको रोलमा देखिएकी थिइन् । उक्त भागमा उनलाई तराईका तस्करसँग फाइट गर्दैगर्दा देखिएको थियो । हिरोइनले जितेपछि फिल्म टुंगिएको कथा त्यसमा थियो ।

‘काली २’ को कथा पनि त्यहींबाट उठान हुनेछ । दोस्रो श्रृंखलामा दुई अभिनेत्रीको एक्सन हेर्न पाइनेछ । अर्की अभिनेत्रीमा पूजा शर्माको नाम पनि चर्चामा छ । फिल्मका लागि रेखाले व्यायाम सुरु गरिसकेकी छन् ।

‘रेखाजीले अहिले फिजिकल मेन्टेन सुरु गरिसक्नुभएको छ । सुटिङसम्म उहाँ पात्रको लागि रेडी हुनुहुनेछ,’ पटकथा लेखक अधिकारीले भने । यो फिल्मलाई सवीर श्रेष्ठले निर्देशन गर्नेछन् ।

चार महिनाअघि छोरी वैभवीलाई जन्म दिएकी रेखा अब विस्तारै फिल्मतर्फ लाग्ने तयारीमा छिन् । उनको पछिल्लो फिल्म ‘उपहार’ प्रदर्शनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?