+
+

जाजरकोट पहिरोमा घाइते भएका चार जनाको हेलिकप्टरबाट उद्दार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १५:१२

२ साउन, सुर्खेत । जाजरकोटमा पहिरोमा परी घाइते भएका चार जनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । मंगलबार राति कुशे गाउँपालिका–८ को दल्लेनामा पहिरो जाँदा एकै परिवारका ४ जना घाइते भएका थिए ।

पहिरोमा गम्भीर घाइते भएकाहरूको उद्दार गरी थप उपचारका लागि बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार पहिरोमा परी कुशे गाउँपालिका–८ दल्लेनाका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया थापा घाइते भएका छन् ।

‘घटनास्थल एकदमै दुर्गममा रहेछ । हेलिप्याड नभएकाले उद्दारमा केही ढिलाइ भयो । अहिले घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘दुई जनाको अवस्था अलि गम्भीर छ । दुई जना सामान्य अवस्थामा छन् ।’

गए राति करिब ८ बजे उनीहरू बसिरहेको ठाउँमा पहिरो गएको थियो । गत वर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो ।

उक्त भूकम्पले कुशे गाउँपालिका ७, ८, ९ लगायतका वडामा क्षति पुर्‍याएको थियो । बसेको घर भूकम्पले भत्काएपछि गाउँलेहरू अस्थायी टहरामा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?