+
+

‘छक्कापञ्जा ५’ को छायांकन सकियो, दीपक भन्छन्- काम उत्साहजनक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १७:०३

काठमाडौं । यस वर्षको बहुप्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन बुधबार सकिएको छ । काभ्रेको पनौती क्षेत्रमा फिल्मको अन्तिम दृश्य खिचियो ।

छायांकन सेटबाट प्राप्त तस्वीरमा निर्देशक दीपाश्री निरौलालाई छायांकन टुंगिएपछि क्ल्याप बोर्ड समात्दै प्रसन्न भावमा देख्न सकिन्छ । काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म छायांकन चलेको थियो ।

अनलाइनखबरसँग कुरा गर्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले समग्रमा छायांकनलाई लिएर उत्साह व्यक्त गरे । सोसल–कमेडी जनरामा बनिरहेको यो फिल्म छायांकन लगत्तै पोस्ट–प्रोडक्सनमा जानेछ ।

यो फिल्ममा दीपकसहित केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटीको पनि प्रमुख भूमिका छ । फिल्मका अन्य कलाकार सार्वजनिक गरिएको छैन । सबै कलाकारलाई रिलिजकै क्रममा जानकारी दिने तयारीमा दीपक-दीपा छन् ।

यो फिल्म आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो । यो फिल्मले अर्थ-सामाजिक आयामलाई व्यंग्य गर्ने निर्माता तथा अभिनेता गिरीले अनलाइनखबरलाई जानकारी दिए । कार्यकारी निर्माताको रुपमा निर्मल शर्मा समेत छन् ।

‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन असोज २४ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?