+
+

मनिला सोताङ, शिव परियारसहित ८ जनालाई छिन्नलता गीत पुरस्कार प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १७:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान पुर्‍याएका सर्जक र कलाकारलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन् ।

गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२ औं जन्मजयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीतकार मनराजा नकर्मी, गायक शिव परियारलाई प्रदान गरे । युवातर्फ गायिका मेनुका पौडेल पुरस्कृत भइन् ।

यसैगरी २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायिका मनिला सोताङ र युवातर्फ गायक भुपू पाण्डेलाई पुरस्कार प्रदान गरियो ।

छिन्नलता गीत, संगीत र गायन पुरस्कारको राशि जनही एक लाख रुपैयाँ छ भने युवा पुरस्कारको राशि ५० हजार रुपैयाँ छ । पुरस्कारको घोषणा भने गत वैशाखमै गरिएको थियो ।

तस्वीर : बालकोट फेसबुक पेजबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?