+
+

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १८:४८

२ साउन, काठमाडौं । बुधबार सबैभन्दा धेरै रकमको धितोपत्र कारोबार गरेका १० ब्रोकर कम्पनीमध्ये ६ को खरिद तथा ४ को बिक्री धेरै देखिएको छ ।

नासा, इम्पेरियल, भिजन, डायनामिक, अनलाइन र आर्यतारामार्फत खरिद धेरै देखिएको छ भने दिपशिखा, एबीसी, सनी र दक्षिणकालीमार्फत बिक्री धेरै देखिएको छ ।

बुधबार कुल १२ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको हो । यी १० ब्रोकर कम्पनीले मात्रै ४ अर्ब १४ करोड रुपैयाँको धितोपत्र खरिद गरेका छन् भने ३ अर्ब ७९ करोडको बिक्री गरेका छन् । २४ अर्ब १० करोडको धितोपत्र खरिद र बिक्री  भएकोमा  यी १० कम्पनीमार्फत  ७ अर्ब ९३ करोडको भएको छ ।

यस दिन सबैभन्दा धेरै रकमको धितोपत्र कारोबार गर्नेमा नासा सेक्युरिटिज छ । सो कम्पनीले ७९ करोड १ लाखको खरिद गर्दा ७७ करोड ६२ लाखको धितोपत्र बिक्री गरेको छ । दोस्रोमा रहेको इम्पेरियलले ५१ करोड १४ लाखको खरिद गर्दा ४० करोड ७ लाखको बिक्री गरेको छ।

बुधबार कुन ब्रोकर कम्पनीले कतिको धितोपत्र किनबेच गरे ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?