+
+

सामसङ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर खुला, कति पर्छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १८:५०

काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर खुला गरेको छ ।

काठमाडौंको मेरियट होटलमा २ साउनमा पत्रकार सम्मेलनको आयोजना गरी सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर खुला भएको घोषणा गरेको हो ।

कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इनसु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ सिरिजको अनावरण गरेका हुन् ।

फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको स्थापितले बताए ।

फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर नयाँ स्मार्टफोनले प्रयोगकर्तालाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाउने उनको भनाइ छ ।

कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६, ग्यालेक्सी जेड सिरिजका अहिले सम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन् ।

ग्यालेक्सी जेड फोल्ड ६ ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै प्राकृतिक बार–टाइप भ्युइङ एक्सपिरिएन्स प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नयाँ ग्यालेक्सी जेड सिरिज पहिलेभन्दा धेरै टिकाउ रहेको कम्पनीको भनाइ छ ।

डुअल रेल हिन्ज संरचनालाई बलियो फोल्डिङ एजले थप बलियो बनाएको र प्रमुख स्क्रिनमा परिस्कृत तहहरूले बल कायम राख्दै क्रिज सुधार गर्न मद्दत गरेको छ ।

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित रहेको र अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपीयू, जीपीयु र एनपीयू कार्यसम्पादनको संयोजन गर्ने कम्पनीले जनाएको छ ।

दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ जसले सुधारिएको समग्र प्रदर्शनको साथमा इनहान्स गरिएको ग्राफिक्स प्रदान गर्नेछ ।

ग्यालेक्सी जेड फोल्ड ६ ले ठूलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न एआई–सञ्चालित सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।

नोट असिस्ट,  कम्पोजर, स्केच टु इमेज लगायतका फिचरले प्रयोगकर्तालाई छुट्टै अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

गुगलसँगको साझेदारीबाट नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्ण रूपमा एकीकृत भएकोले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–सञ्चालित सहायक उपलब्ध हुने कम्पनीको भनाइ छ ।

मूल्य कति ?

कम्पनीले सिल्भर स्याडो ब्लु कलरको ग्यालेक्सी जेड फ्लिप ६ (१२+२५६) जीबीको मूल्य १ लाख ५४ हजार ९९९, सिल्भर स्याडो न्याभी कलरको ग्यालेक्सी जेड फोल्ड ६ (१२+२५६) जीबीको मूल्य २ लाख ३४ हजार ९९९ र ग्यालेक्सी जेड फोल्ड ६ (१२+५१२) जीबीको मूल्य २ लाख ४९ हजार ९९९ रुपैयाँ तोकेको छ ।

यी नयाँ स्मार्टफोनहरू प्रि–बुक गर्दा विभिन्न अफरहरू समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  २ साउनदेखि १५ साउनसम्म यो अफर लागु हुने कम्पनीले जनाएको छ ।

गिफ्ट/मोडल

जेड फ्लिप ६–२५६ जीबी जेड फोल्ड ६–२५६ जीबी जेड फोल्ड ६–५१२ जीबी
कभर सिलिकन केस

५ हजार ४९९ रुपैयाँ

एस पेन केस

१२ हजार २९९ रुपैयाँ

रोमाञ्चक उपहारका साथै पहिलो ५०० प्रि–अर्डर गर्ने ग्राहकले एनसेल सधैं अन सिम प्राप्त गर्न सक्नेछन् । जसमा १७ जीबी डाटा सहित ४९९ मिनेट कल र ४९९ एसएमएस हरेक महिना लगातार ६ महिनासम्म निःशुल्क प्राप्त हुनेछ ।

सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षका लागि १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध गराउने छ ।

आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेका लागि सामसङले सबको फोन र अर्को स्टोर मार्फत १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस समेत उपलब्ध गराएको छ ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इनस्टा फाइनान्सले शून्य प्रतिशत ब्याज दरमा यी स्मार्टफोन उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?