+
+

झापाको शनिश्चरेमा भारी वर्षा, निन्दाखोलाको बाढीले खतराको तह पार गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते ६:५०

३ साउन, काठमाडौं । झापाको शनिश्चरेमा भारी वर्षा भएको छ । यो समाचार तयार पार्दासम्म शनिश्चरे वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा १००.८ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिश्चरे र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले सो क्षेत्र भएर बग्ने बिरिङ, अधुवा र अन्य साना खोलामाका तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन भनेको छ । महाशाखाका अनुसार ती क्षेत्रका बासिन्दाले शुक्रबार बिहान ७ बजेसम्मै सतर्कता अपनाउनुपर्ने छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार मेची जलाधार क्षेत्रको निन्दा खोलाको बाढीले खतराको तह पार गरेको छ । खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर मध्यमदेखि भारी वर्षा भएको छ ।

पछिल्लो २४ घण्टामा डोटीको पश्चिम सेती क्षेत्रमा ६५.२ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाडौंको पानीपोखरी र सिन्धुपाल्चोकको मानेखर्कमा ६३ मिलिमिटर वर्षा मापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?