
३ साउन, काठमाडौं । काठमाडौंको राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ । सभागृह परिसरमा जम्मा भएको पानी पम्पसेट लगाएर तानेर फालिएको छ ।
काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ ।
पानीको उचित निकास नहुँदा पानी जम्मा भएर कोठाभित्रै छिर्ने गरेको कर्मचारीहरु बताउँछन् ।
राष्ट्रिय सभागृह काठमाडौं महानगर मातहत छ । यहाँ महानगर प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोलका कार्यकक्ष तथा महानगरपालिकाका केही शाखाहरु छन् ।
महानगरले नगर सभा लगायत विभिन्न कार्यक्रम यहीँ गर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4