+
+

पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १२:३३
फाइल फोटो ।

३ असार, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।

मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?