+
+

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १३:२४

३ साउन, काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

उपचारको क्रममा ९१ वर्षको उमेरमा बिहीबार उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन् । भाेलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएकाे छ ।

६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । उनका दुई छाेरी छन् । श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ ।

श्रेष्ठसँग पर्यटन उद्योगका विभिन्न संघ–संगठनमा नेतृत्वदायी भूमिकामा रहेर लामो समय काम गरेको अनुभव छ । श्रेष्ठले द्वारिकाजको नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी थिइन् । उनले विभिन्न ट्राभल एजेन्सी समेत चलाइरहेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?