+
+

प्रधानमन्त्री ओली भन्छन् : ३७ हजार पनि इन्जिनियरको कुनै तनखा हो र !

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १७:५७

३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्जिनियरहरुको न्यूनतम तलब सुनेर आश्चर्य व्यक्त गरेका छन् ।

६२औं इन्जिनियर्स दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्रीहरुका साथै प्रधानमन्त्री सहभागी थिए । कार्यक्रममा इन्जिनियरहरुले आफ्नो समस्या सुनाए, सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले इन्जिनियरहरुको एउटा माग सुनेर अचम्म माने । त्यो हो, ‘इन्जिनियरको न्यूनतम तलब ३७ हजार तोकिएको छ । त्यसलाई कानुनी रुप दिइपाऊँ ।’

सम्बोधनका क्रममा ओलीले ३७ हजार पनि इन्जिनियरको कुनै तनखा हो र ! भनेर प्रश्न गरे ।

‘घरभाडा ३० हजारभन्दा तल पाउनुहुन्न । बजार, महिना चलाउन एउटा परिवारलाई कमसेकम ३० हजारभन्दा तल हुन्न होला’, उनले आश्चर्य भावमा भने, ‘३७ हजार …। ’

इन्जिनियरहरुको यो माग आफूहरुका लागि व्यंग्य भएको ओलीले बताए । उनले यसो भन्दा हलमा सहभागीहरुले ताली बजाए ।

प्रधानमन्त्री ओलीले इन्जिनियरहरुको मागप्रति आफू सकारात्मक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?