+
+

कर्णालीका मुख्यमन्त्रीको दुईवटा घर, ३३ लाख वचत, ४५ लाख ऋण

यज्ञ खत्री यज्ञ खत्री
२०८१ साउन ३ गते १८:०१

३ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले बिहीबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरुको सम्पत्ति विवरण सरकार गठन भएको तीन महिनापछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

मुख्यमन्त्री कँडेलले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मा गरी दुईवटा घर रहेको खुलाएका छन् । सुर्खेतको घरलाई उनले पुर्यौली भनेका छन् भने काठमाडौंको घर विगतको बैंक मौज्दात, आफ्नो, श्रीमती र छोरीहरुको पारिश्रमिकबाट किनेको उल्लेख गरेका छन् । काठमाडौंको घर कँडेलकी पत्नी गीता अधिकारीको नाममा छ ।

कँडेलको काठमाडौंको मूलपानीमा एउटा र सुर्खेतको वीरेन्द्रनगरमा ४ वटा घडेरी छ । सुर्खेतको घडेरीहरु पुर्ख्यौली भएको र काठमाडौंको ८ आना जग्गा पछि किनेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

कँडेलले आफूसँग भएको सुन पुर्ख्यौली र पछि खरिद गरेको सम्पत्ति विवरणमा जनाएका छन् ।

मुख्यमन्त्री कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ । उक्त रकमको स्रोत पारिश्रमिक, घर भाडा, बोनस र सापटी फिर्ताबाट उठेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कँडेलले र पत्नी गीताको नाममा ललितपुर र सुर्खेतका सहकारी, कलेज र विभिन्न वित्तीय संस्थाहरू सहित ८ ठाउँमा शेयर भएको सम्पत्ति विवरणमा देखाएका छन् ।

कँडेलले श्रीमतीको पेसाबारे पनि खुलाएका छैनन् । उनले राष्ट्रिय वाणिज्य बैङ्कबाट ४५ लाख ऋण लिएको विवरणमा उल्लेख गरेका छन् । मुख्यमन्त्री कँडेलसँग २ वटा मोबाइल, एउटा ट्याब्लेट, दुईवटा घडी र एउटा ल्यापटप रहेको उल्लेख गरेका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?