+

एएफसी महिला च्याम्पियन्स लिग : प्रारम्भिक चरणमा नेपालको एपीएफ समूह सी मा

२०८१ साउन  ३ गते १५:०६ २०८१ साउन ३ गते १५:०६
एएफसी महिला च्याम्पियन्स लिग : प्रारम्भिक चरणमा नेपालको एपीएफ समूह सी मा

३ साउन, काठमाडौं। एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको एपीएफ क्लब समूह सी मा परेको छ ।

एसियाली फुटबल महासंघ एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको एपीएफसँगै उज्वेकिस्तानको पीएफसी नासाफ र मलेसियाको सबाह एफसी समूह सी मा छन् । यस समूहको खेलहरु मलेसियामा हुनेछ ।

यस्तै प्रारम्भिक चरणको समूह ए मा म्यानमारको म्यावमडी वुमन्स एफसी, लाओसको योङ एलेफेन्ट एफसी, युएईको अबुधावी कन्ट्री क्लब र साउदीको अल सानेर क्लब छन् ।

यसैगरी समूह बी मा भारतको णडिसा फुटबल क्लब, सिंगापुरको लायन सिटी सेलर्स एफसी र जोर्डनको एतिहाड क्लब छन् भने समूह डी मा इरानको बाम खातुन, हङकङको किची एससी तथा भुटानको रोएल थिम्पु कलेज एफसी छन् ।

प्रारम्किभ चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरेर खेलाइनेछ । हरेक समूहको विजेता एएफसी महिला च्याम्पियन्स लिगको मुख्य चरणमा प्रवेश गर्नेछन् ।

नेपाली क्लब एएफसीले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणको लागि तयारी सुरु गरिसकेको छ । प्रारम्भिक चरणको खेल अगष्ट २५ देखि ३१ सम्म हुनेछ ।

जहाँ ८ टोली सिधै छनोट भइसकेको छ । प्रारम्भिक चरणबाट छानिएका ४ सहित १२ टोलीबीच महिला च्याम्पियन्स लिग हुनेछ । १२ टोलीलाई तीन समूहमा विभाजन गरेर खेलाइनेछ ।

एपीएफ समूह सी नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय