
काठमाडौं । विज्ञापन एसोसिएसन अफ नेपाल (आन) अन्तर्गतको स्वायत्त संस्था एड क्लबले नयाँ कार्यसमिति गठन गरेको छ । क्लबका अनुसार नयाँ कार्यसमितिको नेतृत्वमा गभर्नर विधान राजभण्डारी चयन भएका छन् ।
नयाँ गठित कार्यसमितिको जोइन्ट गभर्नरमा विशालपुरुष ढकाल र दीपेन्द्र टन्डन रहेका छन् ।
सदस्यहरूमा आशा भट्टराई, अनुपम अधिकारी, विकास खतिवडा र अनुष्का श्रेष्ठ रहेका छन् ।
नयाँ समितिले आगामी वर्षका लागि आफ्नो दृष्टिकोण पनि प्रस्तुत गरेको छ ।
नेपालमा विज्ञापन र मार्केटिङ उद्योगलाई थप उचाइमा पुर्याउन निर्माण गरिएका रोमाञ्चक पहलहरू रहेको क्लबले जनाएको छ ।
क्लबमा १०० भन्दा बढी सदस्यहरू नाघेको अवसरमा खुसियाली समेत मनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4