+
+

मौद्रिक नीतिले आर्थिक शिथिलता चिर्नुपर्छ : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १७:२१

३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले १५ जेठको बजेटले आर्थिक शिथिलता चिर्न नसकेकाले मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

कर्जा, ब्याजदर, ऋणीहरूको ब्यालेन्स सिटलाई सजिलो बनाइदिन मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनले बताए ।

‘कर्जा प्रवाह उत्पादनमुखी क्षेत्रमा कसरी डोर्‍याउने ? विगत २० वर्षदेखि हामीले अलिकति बाटो बिराएको हो कि !’ वाग्लेले भने, ‘रेमिट्यान्सको बलमा अर्थतन्त्रमा छेलोखेलो पैसा खन्याएकै हो ।’

अर्थतन्त्रको आकारमा ऋण प्रवाह गरिएको उनले बताए । उत्पादनको क्षेत्रमा प्रवाह भएको ऋण सदुपयोग हुन नसकेको वाग्लेको निचोड छ ।

राष्ट्र बैकले मौद्रिक नीति ल्याउन लागेको एक दिन अघि रास्वपाले आयोजना गरेको नीति मन्थनमा बोल्ने क्रममा वाग्लेले आर्थिक रथका दुइटा पाङ्ग्रामा वित्तीय र मौद्रिक नीति हुने बताए ।

बजेटप्रति विशेष चासो राख्ने गरिए पनि सोही अनुरुपमा मौद्रिक नीतिलाई महत्व नदिइएको वाग्लेको निचोड छ । ‘यो प्राविधिक विषय हो । राष्ट्र बैंकको विषय हो,’ वाग्लेले भने, ‘अलिअलि अर्थ मन्त्रालयको विषय हो भनेर त्यति चासो दिने गर्दैनौं ।’

मुद्रास्फिति, कर्जा लगानी, साँवाब्याज लगायतका विषय जेलिने ठाउँ मौद्रिक नीतिमा हुने वाग्लेले बताए । ‘यो अमूर्त विषय होइन, जनजिविकासँग ठोक्किने विषय हो,’ नीति मन्थनमा उनले भने ।

प्राविधिक भनेर पन्छाउने गरेको विषयमा पनि नागरिकलाई जानकारी गराउन सार्वजनिक तहमा बहस गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?