+
+

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यबाट दुई पूर्वमन्त्री बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १७:५२
पूर्व विदेशमन्त्री किन् झाङ ।

३ साउन, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्यबाट पूर्व विदेश र रक्षामन्त्रीलाई बर्खास्त गरेको छ ।

पूर्व विदेशमन्त्री किन् झाङ र रक्षामन्त्री लि साङ्फुलाई बिहीबार बसेको पार्टीको केन्द्रीय बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । दुवै जना अघिल्लो वर्ष सरकारबाट बाहिरिएका थिए ।

पार्टीले पीएलए रकेट बलका पूर्व कमान्डर लि यूचाउलाई पनि हटाएको छ । उनीहरूले पार्टीको अनुशासन र कानुनको पालना नगरेको बताइएको छ । उनीहरू भ्रष्टाचारमा संलग्न भएको पार्टीले आशंका गरे पनि हालसम्म आधिकारिक निकायबाट पुष्टि भइसकेको छैन ।

चिनियाँ राष्ट्रपति सी चिन फिङ सन् २०१२ मा पार्टीको नेतृत्वमा पुगेसँगै भ्रष्टाचारविरुद्ध कडाइ गरेका छन् । यो वर्ष मात्रै उच्च तहका ३६ कर्मचारी र उपमन्त्रीहरूमा अनुसन्धान गरिएको छ ।

चीनको सत्तारुढ दल कम्युनिष्ट पार्टीको २०५ सदस्यीय केन्द्रीय कमिटी छ । उक्त कमिटीको हरेक ५ वर्षमा बस्ने विशेष बैठकले मुलुकको दीर्घकालीन सामाजिक तथा आर्थिक रणनीति तयार पार्छ । त्यसका साथै पार्टीका उच्च तहका सदस्यहरूको बारेमा पनि निर्णय लिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?