+
+

राजदूतको २ सिटमा पार्टी कार्यकर्ता पठाउँदैनथ्यौं : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १८:०६

३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजदूत भागबन्डामा आफ्नो पार्टी सहभागी नभएको दाबी गरेका छन् ।

रास्वपाले भागबन्डा खोजेको भए मन्त्रिपरिषद् बैठकमा नै खल्तीबाट दुई जनाको नाम राजदूतका लागि दिनसक्ने अवस्था भएको उनले सुनाए ।

‘राजदूतको दुई जना जुन सिट छ । त्यसलाई योग्य दुई नेपाली नागरिकका लागि छुट्याइएको हो,’ लामिछानेले भने, ‘पार्टीमा योगदान दिएका साथीहरू नभएका होइनन् । योग्य जाउन् भनेर हो । हामीले विज्ञापन गरेकै होइनौं ।’

राजदूत बन्नका लागि निश्चित मापदण्ड हुनुपर्दछ भनी आह्वान मात्रै गरिएको उनले बताए ।

काठमाडौंमा बिहीबार भएको कार्यक्रममा बोल्ने क्रममा लामिछानेले राजनीतिक नियुक्ति र भर्ती बन्द हुनुपर्ने बताए । ‘तपाईंहरू पनि भागबन्डामा दुइटा राजदूत लिएर जानुभएको भन्नुहोला,’ लामिछानेले भने, ‘हामीले भाग लिएको होइन । यो कुरा स्पष्ट पार्न चाहन्छु ।’

२४ जेठमा ११ देशका राजदूत फिर्ता भएपछि अघिल्लो सत्ता गठबन्धनका चार दललाई राजदूतको भाग छुट्याइएको थियो । रास्वपाको भागमा परेका दुई जना राजदूत छनोटका लागि मापदण्ड तय गरेर आवदेन दिन आह्वान गरिएको थियो । जसमार्फत परेको २४० आवदेनबाट दुई जना छुट्याउने प्रक्रिया जारी रहेकै बेला अघिल्लो गठबन्धन टुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?