+

जारी दक्षिण एसियाली कराँतेमा हालसम्म नेपाललाई ८ स्वर्ण

२०८१ साउन  ३ गते १८:५७ २०८१ साउन ३ गते १८:५७
जारी दक्षिण एसियाली कराँतेमा हालसम्म नेपाललाई ८ स्वर्ण

३ साउन, काठमाडौं । भुटानको थिम्पुमा आजदेखि सुरु भएको आठौं दक्षिण एसियाली कराँते प्रतियोगितामा अहिलेसम्म नेपाललाई ८ स्वर्ण प्राप्त भएको छ ।

प्रतियोगिताको पहिलो दिन नेपाललाई सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला–२१ वर्षतर्फ सञ्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले स्वर्ण दिलाए ।

एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतलाई पराजित गरिन् भने स्वनिमले सेमिफाइनलमा श्रीलंका र फाइनलमा भारतलाई पराजित गरेका थिए ।

त्यसैगरी सञ्जुले भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाए ।

त्यसैगरी सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पारेको नेपाल कराँते महासंघका मिडिया संयोजक गजेन्द्रबहादुर खपाङगीले जानकारी गराए ।

जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियरतर्फकै महिला एकल कातामा फाइनलमा श्रीलंकासँग पराजित भई नेपालकी रेनिशा रिमालले रजत पदकमा चित्त बुझाए ।

प्रतियोगिताको औपचारिक उदघाटन भुटानका राजकुमार टासु जिगेलले एक विशेष समारोहका बीच गरेका थिए ।

भुटानसहित नेपाल, भारत र श्रीलंका सहभागी रहेको प्रतियोगिताको उद्घाटन समारोहमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ, उपाध्यक्ष मजिन्द्र सिंह, महासंघका सदस्यहरू, वरिष्ठ प्रशिक्षकहरू, टिम प्रशिक्षक, पदाधिकारीलगायत करिब १ दर्जन अफिसियलको सहभागिता रहेको खपाङगीले जानकारी दिए ।

दक्षिण एसियाली कराँते नेपाल स्वर्ण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय