+
+

धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बराललाई

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १९:१४

३ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष हैसियतमा महेश बरालले जिम्मेवारी लिएका छन् । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष बिहीबार पद तथा गोपनीयताको सपथ लिई पदबहाली गरेका हुन् ।

मन्त्रीस्तरीय निर्णयानुसार सहसचिव बराल बोर्डको संचालक सदस्यमा मनोनयन भएका थिए । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष तोकिएका हुन् ।

उनी बोर्ड अध्यक्षको साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत छन् ।

पदबहाली गर्दै बोर्ड अध्यक्ष बरालले सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?