+
+

२०७३ अघि ज्यालादारीमा नियुक्त कर्मचारीलाई करारमा राख्दै त्रिवि

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते २०:१६

३ साउन, काठमाडौं । त्रिवि कार्यकारी परिषद्ले २० पुस २०७३ अघि त्रिभुवन विश्वविद्यालयमा दैनिक तथा मासिक ज्यालादारीमा नियुक्त भई कार्यरत रहेका सहायकस्तरका कर्मचारीलाई आन्तरिक स्रोतमा करार गर्ने निर्णय गरेको छ ।

सोमबार कार्यकारी परिषद्ले विभिन्न निकाय तथा क्याम्पस/कार्यालयमा दैनिक तथा मासिक ज्यालादारीमा नियुक्ति लिई कार्यरत रहेका सहायकस्तरका सम्पूर्ण कर्मचारीलाई सम्बन्धित क्याम्पस तथा कार्यालयको आन्तरिक स्रोतमा करार गर्ने निर्णय गरेको हो ।

त्रिवि रेक्टर प्रा.डा. खड्ग केसीले सम्बन्धित निकायले आन्तरिक स्रोतमा राख्न सक्ने भएपछि निर्णय गरिएको बताए । त्रिविमा २० पुस २०७३ अघि दैनिक तथा मासिक ज्यालादारीमा नियुक्त भई कार्यरत कर्मचारी थोरै संख्यामा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?