+
+

गुल्मीमा राहदानी लिनेको संख्या घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते ६:५९

४ साउन, गुल्मी । गुल्मी जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा राहदानी (पासपोर्ट) लिनेको संख्या घटेको छ । यसले गर्दा राजस्व संकलन पनि कम भएको छ ।

आथिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट १२ हजार ४ सय ५० राहदानी वितरण भएको छ । जसबाट ६ करोड ४१ लाख ६७ हजार ३५० रुपैयाँ राजश्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा १५ हजार ८६ जनाले राहदानी लिएका थिए । जसबाट कार्यालयले ७ करोड ३८ लाख ६ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको थियो ।

गुल्मीमा राहदानी लिनेको संख्या घटेसँगै राजश्वमा पनि कमी आएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकता पनि कम जारी भएको छ ।  अघिल्लो वर्ष जिल्ला प्रशासन कार्यालय मार्फत १० हजार तीन सय ६७ वटा नागरिकता जारी भएका थिए । अहिले घटेर ९ हजार ६ सय १८ वटा जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षमा पाँच हजार सात सय ३६ नागरिकता प्रतिलिपि, ४८वटा गैरआवासीय नागरिकता वितरण गरेको छ ।

प्रशासनले सात सय ६६ नाबालक परिचयपत्र वितरण गरेको छ । १६ हजार आठ सय ४४ राष्ट्रिय परिचय पत्र विवरण दर्ता भए पनि कार्यालयले १ हजार ९ सय मात्र वितरण गरेकोे छ ।

अहिले जिल्लाका ग्रामीण वस्तीमा बराइँसराइको दर पनि बढ्दो छ । मानिसहरु गाउँमा कुनै अवसरहरु नभएपछि अवसरको खोजी गर्दै बसाइँ सर्नाले गाउँ रित्तिदै जान थालेको छ । जसले गर्दा सेवा लिनेको संख्यामा पनि कमी हुँदै जान थालेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?