+
+

वुमन्स एसिया कप : नेपालले यूएईसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते ८:५०

४ असार, काठमाडौं – नेपालले आजदेखि श्रीलंकामा सुरु हुने एसीसी वुमन्स एसिया कप टी-२० प्रतियोगिता पहिलो खेलमा यूएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा डाम्बुलामा सुरु हुनेछ ।

नेपालको इन्दु बर्मा र यूएईको ईशा ओझाले कप्तानी गर्नेछिन् । नेपालले तेस्रो पटक वुमन्स एसिया कप खेल्दैछ । यसअघि सन् २०१२ मा तीन र २०१६ मा पाँच खेल खेल्दा नेपाल जित विहीन बनेको थियो । नेपाल एसिया कप इतिहासमै पहिलो जित यूएईमाथि निकाल्न चाहन्छ ।

नेपाल अनुभवी अलराउण्डर सीता रानामगर, रुविना क्षेत्री र कप्तान इन्दु बर्मामा धेरै निर्भरछ । यी तीन खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ । युवा खेलाडी राजमति ऐरी, कविता कुँवर र पूजा महतो पनि आशा गरेका अलराउण्डर हुन् । उता यूएई ईशा ओझा, कभिशा इगोडागे र थीर्थ सतिशमा बढी निर्भर छ ।

समूह ए मा नेपाल, भारत, पाकिस्तान र यूएई छन् । समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाईल्यान्ड छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपाल र यूएईबीच कुल ४ टी-२० आई खेल भएका छन् । नेपाल २ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?