+
+

गुगल क्रोम प्रयोग नगर्न आइफोन प्रयोगकर्तालाई एप्पलको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते ११:१८

काठमाडौं । सम्बन्धहरु जटिल हुन्छन् भन्ने कुरा त हामीलाई थाहै छ । तर कतिपय सम्बन्धहरु निकै धेरै जटिल हुन्छन् गुगल र एप्पलको जस्तै । पछिल्लो पटक एप्पलले गुगलमाथि गरेको विज्ञापन आक्रमण यसको उदाहरण हो । जहाँ एप्पलले आफ्ना १ अर्ब ४० करोड आइफोन प्रयोगकर्तालाई गुगल क्रोम प्रयोग नगर्न भनेको छ ।

वास्तवमा गुगल सफारी ब्राउजर प्रयोगकर्तालाई क्रोममा स्थानान्तरण गर्ने मिसनमा थियो । हाल गुगल र एप्पलबीच भएको वित्तीय सम्झौता अनुसार हाल सफारी ब्राउजरमा डिफल्ट सर्च इन्जिनको रुपमा गुगल रहेको छ । सोही अनुसार आइफोनका अधिकांस सर्च रिक्वेस्टहरुका लागि गुगल सफारीमा निर्भर छ । तर अमेरिका र युरोपमा भएको एकाधिकार सम्बन्धी अनुसन्धानले एप्पल र गुगलबीचको उल्लेखित सम्झौतामा रोक लगाउन सक्ने जोखिम छ । र, यसैबीचमा गुगलले प्लान बी अघि सार्दैछ।

करीब ३० प्रतिशत आइफोन प्रयोगकर्ताले मात्रै आफ्नो आइफोनमा क्रोम ब्राउजर इन्स्टल गरेका छन् जसलाई ५० प्रतिशत पुर्‍याउने लक्ष्य गुगलको छ । जस अनुसार थप ३० करोड आइप्mोन प्रयोगकर्ता गुगललको डेटा छानोभित्र समेटिनेछन् । तर एप्पल भने त्यसलाई रोक्ने ध्याउन्नमा छ ।

ती ३० करोड प्रयोगकर्ताबाट ठूलो परिमाणमा अनलाइन राजश्व सिर्जना हुनेछ । र, अन डिभाइस एआईको सुरुवातसँगै अनलाइन सर्चमा परिवर्तन भएको परिप्रेक्ष्यमा यो विषय आफैंमा राख्ने कि रुपान्तरण गर्ने भन्ने कुराको युद्धभूमि बन्नेछ ।

यही क्रममा एप्पलले एउटा संदेहास्पद विज्ञापनिक भिडियो शेयर गरेको छ, जसमा अन्य ब्राउजरहरुले प्रयोगकर्ताका डिजिटल गतिविधिमा निगरानी राख्दछन् भन्ने कुरा देखाइएको छ । साथै त्यसमा सफारी ब्राउजर कति सुरक्षित छ र वेबसाइटहरु ट्रयाकिङ हुँदैन भन्ने कुरामा समेत जोड दिइएको छ । उक्त विज्ञापनपछि क्रोम र सफारीबीचको विवाद सतहमा आएको छ र गुगलले एक विज्ञप्ती जारी गरेको छ ।

एप्पलले क्रोमको विषयमा दुई मुख्य विषयलाई हाइलाइट गरेको छ । पहिलो, क्रोम ब्राउजरले निरन्तर रुपमा थर्ड पार्टी कुकीका लागि अनुमति माग गर्दछ र यसले हजारौँ वेबसाइटलाई प्रयोगकर्ताका हरेक अनलाइन गतिविधि ट्रयाक गर्ने सुविधा दिन्छ ।

दोश्रो, गुगलले दाबी गरेजस्तो क्रोमको इन्कग्निटो ब्राउजर प्राइभेट अर्थात् पूर्ण रुपमा गोपनीय छैन । यही कुरालाई एप्पलले आफ्नो विज्ञापनमा जोड दिएको छ र सफारी ब्राउजर सुरक्षित भएको बताएको छ ।

–  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?