+
+

७ दिनमा विश्वका ७ आश्चर्य ठाउँ पुगेर विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते ११:३२

काठमाडौं । इजिप्टका एक व्यक्तिले जम्मा ७ दिनभित्र विश्वका ७ आश्चर्य स्थानको भ्रमण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । ४५ वर्षका म्यागी आइसाले विश्वका सात आश्चर्य भएका ती ठाउँमा केवल ६ दिन ११ घण्टा ५२ मिनेटमा पुगेर गिनिज बुकमा नाम लेखाउन सफल भए ।

उक्त भ्रमणका क्रममा उनले सार्वजनिक यातायातको प्रयोग गरेका थिए । उनको उक्त उपलब्धिको प्रशंसा गर्दै गिनिज वर्ल्ड रेकर्डस्ले आफ्नो इन्स्टाग्राम पेजमा उनको भिडियो पोष्ट गरेको छ, जसमा यात्राका केही अंश देखाइएको छ ।

म्यागीले सात आश्चर्यको यात्रा चीनको ग्रेटवालबाट सुरु गरेका थिए । त्यसपछि उनी भारतको ताजमहल हुँदै जोर्डनको प्राचीन सहर पेट्रा पुगे ।

त्यसपछि रोमको कोलोजियम, ब्राजिलको क्राइस्ट द रिडिमर र पेरुको माचू पिचू गए । सात आश्चर्यको उनको यात्रा प्राचीनको प्राचीन सहर चिचेन इट्जामा गएर सम्पन्न भएको थियो ।

योसँगै उनले गत वर्ष बेलायतका ज्यामी म्याकडोनाल्डले राखेको कीर्तिमान भंग गरे ।

आफ्नो उक्त विश्व कीर्तिमानी तीव्र यात्राको योजना बनाउनका लागि उनलाई डेढ वर्षको समय लागेको थियो । उनले भनेका छन्– मलाई उडान, रेल, बस, सब वे तथा परिवहन केन्द्रका साथै ती आश्चर्यस्थलका बीचमा चल्ने जटिल यातायात सञ्जाल छिचोल्नु पर्यो । एकमात्र गल्तीले पनि यात्राको पूरै योजनालाई भताभुंग पारिदिन्थ्यो र त्यसका कारण घर फर्किने उडानमा समस्या भोग्नुपर्ने हुनसक्थ्यो ।

अरु यात्रा सामान्य रुपमा योजना मुताविक भए पनि धेरैबेर सुतेका कारणले गर्दा उनले पेट्रामा चल्ने सामान्य बसमा यात्रा गर्न सकेनन् । जसका कारण उनले विकल्पको रुपमा सार्वजनिक बसतर्फ जानुपर्यो । जुन एउटा चुनौतिको रुपमा थियो । किनकि विश्वको आश्चर्य घोषित उक्त ठाउँसम्म पुग्नका लागि केवल निजी टूर बस वा ट्याक्सीका माध्यमबाट मात्र पुग्न सकिन्थ्यो ।

त्यसैगरी मेक्सिकोबाट पेरुसम्म जाने उडान पनि उनको झण्डै छुटेको थियो । धन्न एयरलाइन्सका कर्मचारीहरुले बन्द भैसकेको चेकइन काउन्टर पुनः खोलेका कारण उनी सो उडानमा सहभागी हुन पाए । उनले आफू विश्व कीर्तिमान बनाउने यात्रामा रहेको भनेर अनुरोध गरेका कारण त्यो सम्भव भएको थियो ।

विश्वका सात आश्चर्य हेर्नु उनको बाल्यकाल देखिको सपना थियो । उनी भन्छन्– व्यक्तिगत सन्तुष्टिका साथै यो चुनौतिले मलाई सामान्य जीवनमा आउने तनाव तथा दबाबबाट केही क्षणका लागि छुटकारा दिनमा सहयोग गर्यो ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?