+
+

१५औं महाधिवेशन नियमित समयमा हुनेमा शेखरको शंका

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते ११:२४
फाइल फोटो ।

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औं महाधिवेशन नियमित समयमा हुनेमा शंका व्यक्त गरेका छन् । कांग्रेस महानगर समितिका सभापतिहरुसँग काठमाडौंमा भएको छलफलमा नेता कोइरालाले उक्त आशंका गरेका हुन् ।

कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा शंका व्यक्त गरे । तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाको महानगर सभापतिहरुसँग आग्रह गरे ।

कांग्रेसको १५ औं महाधिवेशन नियमित समयमा गर्दा २०८२ को मंसिरमा हुनुपर्दछ । ६ महानगरका सभापतिले आफूहरुको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो उनलाई राखेका थिए ।

कोइरालालाई भेट्न महानगरका सभापतिहरुमा काठमाडौंका निलकाजी शाक्य, ललितपुरका शुभानन्द धाख्वा, भरतपुरका चित्रसेन अधिकारी विराटनगरका दिपक चापागाईं र वीरगञ्जका मनिन्द्र नेपाली पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?