+
+

तमु धिंले भन्यो- ‘घरज्वाइँ’मा रोधिंको गलत चित्रण गरियो, तत्काल सम्पादन गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते ११:५४

काठमाडौं । गुरुङ समुदायको संस्था तमु धिं नेपालले फिल्म ‘घरज्वाइँ’मा चित्रण गरिएको रोधिं संस्कृतिसँग सम्बन्धित संवाद र दृश्यहरु रोधिंको कर्म र मर्म विपरीत भएको बताएको छ ।

विज्ञप्ति जारी गर्दै संस्थाले रोधिं गुरुङ समुदायको पवित्र सामाजिक र सांस्कृतिक संस्कृति भएकाले यसको गलत प्रयोग, प्रस्तुति र प्रचार नगर्न केन्द्रीय चलचित्र जाँच समिति र निर्माताको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष हुम गुरुङले भनेका छन्, ‘रोधिं गुरुङ समुदायको पवित्र एवं सामाजिक सामुदायिक संस्कृति भएको, सम्मानजनक र जिम्मेवार साथै सिक्ने सिकाउने, श्रम विभाजन गर्ने, सामुदायिक निर्णय गर्ने, दुःखसुख आदानप्रदान गर्ने, थिति निर्माण गर्ने सामाजिक धरोहरलाई कोही कसैले कुनै प्रसंगमा गलत प्रयोग, प्रस्तुति र प्रचार नगर्न अनुरोध गर्दछौं ।’

रोधिंलाई नकारात्मक वा भ्रामक रुपमा प्रचार गरिएकाले त्यसलाई सम्पादन गर्न समेत संस्थाले भनेको छ । रोधिंको सट्टा फिल्म छायांकन, कथा, विषयवस्तु केन्द्रित क्षेत्रकै शब्दावली प्रयोग गर्न सुझाव संस्थाले दिएको छ ।

आगामी दिनमा संस्कृति, सभ्यता, मौलिकता, ऐतिहासिकतासँग सम्बन्धित फिल्मको प्रस्तुति गर्नुपूर्व सम्बन्धित समुदायसँग समन्वय गर्न गराउन समेत चलचित्र विकास बोर्ड र सेन्सर बोर्डलाई आग्रह गरेको छ ।

विविध कारणले लोप हुँदै गएको रोधिंको संरक्षण, सम्वर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको संस्थाको भनाइ छ । अनिल बुढा मगर निर्देशित फिल्म ‘घरज्वाइँ’ अहिले हलमा प्रदर्शन भइरहेको छ र पूर्वी रुकुमको मगर बस्ती तकसेरामा छायांकन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?