+
+

संसद् भवन निर्माणको काम दुई सिफ्टमा गर्ने गफै भयो : सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १३:३७

४ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् भवन निर्माणले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताएका छन् ।

शुक्रबार उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव मणिराम गेलाल लगायतसँग छलफल गर्दै सभामुख घिमिरेले संसद् भवन निर्माणमा चासो देखाएका हुन् ।

‘कामको प्रगति सन्तोषजनक छैन । यसलाई समयभित्रै (मंसिर)मा सक्नेगरी कागज गरेको छ । अहिलको स्पिरिटले सम्भवै छैन,’ सभामुख घिमिरेले भने । छिटो काम गर्ने र यसका लागि दुई सिफ्टमा काम गर्ने भनिएको तर, यसको कार्यान्वयन हुन नसकेको बताए ।

‘दुई सिफ्ट त गफै मात्र भयो । एक सिफ्ट पनि चाहिने म्यानपावर प्रयोग भएको देखिँदैन,’ सभामुख घिमिरेले भने, ‘छिटो सक्ने र गुणस्तरीय काम चाहियो ।’

सुरुको म्यादअनुसार २०७९ भदौमा संसदको भवन निर्माण सक्नुपर्ने थियो । तर अझै सम्पन्न भएको छैन । सुरुमा ५ अर्ब २ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पछि बढेर साढे ५ अर्ब पुगेको छ ।

भवन निर्माणको काम टुण्डी सेक ज्वाइन्ट भेन्चरले गर्दै आएको छ ।

छलफलमा सहभागी राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कानुनी अप्ठ्यारो भए सुल्झ्यान आफूहरू तयार रहेको बताए ।

उपसभामुख इन्दिरा रानाले जति ढिलो भयो त्यही लागत बढ्दै जाने बताइन् । ‘६ महिना मात्रै ढिलो भयो भने पनि सामानको लागतमा फरक पर्न जान्छ । यसकारण ढिलो गर्ने कुराले कसैलाई फाइदा छैन,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?