+

स्यान्टु, डुवाना र एलेक्स प्रशिक्षण स्थलबाटै पेरिस पुग्ने

२०८१ साउन  ४ गते १४:१४ २०८१ साउन ४ गते १४:१४
स्यान्टु, डुवाना र एलेक्स प्रशिक्षण स्थलबाटै पेरिस पुग्ने

४ साउन, काठमाडौं । ३३औं गृष्मकालीन ओलम्पिक २०२४ मा सहभागी हुने ३ जना नेपाली खेलाडी प्रशिक्षण स्थलबाट नै पेरिस पुग्ने भएका छन् ।

टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीका दुई खेलाडी एलेक्सजेन्डर शाह र डुवाना लामा भने सहभागी थिएनन् । उनीहरु प्रशिक्षण स्थलबाट नै पेरिस प्रस्थान गर्ने तालिका रहेको नेपाल ओलम्पिक कमिटीका सचिव सुजनलाल श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘उहाँहरु प्रशिक्षण स्थलबाट नै पेरिस जानु हुन्छ ।’

हाल स्यान्टु अष्ट्रेलिया, एलेक्सजेन्डर शाह बेलायतमा छन् भने डुवाना थाइल्यान्डमा प्रशिक्षण लिइरहेकी छिन् ।

उनीहरुका प्रशिक्षक भने अन्यसँगै समय तालिका मिलाएर नेपालबाट पेरिस पुग्नेछन् । स्यान्टुका प्रशिक्षक राजेन्द्र कपाली र पौडी प्रशिक्षक नयना शाक्य नेपाली टिमसँग नै पेरिस पुग्नेछन् ।

नेपालमा रहेका प्रिन्स दाहाल , सन्तोषी श्रेष्ठ, मनिता श्रेष्ठ र सुस्मिता नेपाल भने आफ्नो खेल तालिका अनुसार नेपालबाट पेरिस पुग्नेछन् ।

गृष्मकालीन ओलम्पिक २०२४ नेपाली खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय