+
+

यौन पेशामा लगाएको आरोपमा गेस्टहाउस सञ्चालकसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १४:३१

४ साउन, काठमाडौं । नाबालिकालाई यौन पेसामा लगाएको आरोपमा कोटेश्वरको रामेछाप खाजा घरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गेष्टहाउसका सञ्चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ ठेगाना भएका ३२ वर्षीय नविन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ ठेगाना भएका १९ वर्षीय उज्वल खड्का छन् ।

उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्धार समेत गरेको छ ।

आर्थिक प्रलोभनमा पारी ललाई फकाई वेश्यावृत्तिमा लगाएको आरोप उनीहरुमाथि छ । प्रहरीका अनुसार शारीरिक सम्पर्क राखेमा प्रतिव्यक्ति ५ सय रूपैयाँ दिने भनी प्रलोभन देखाउने गरेको खुलेको छ । प्रति ग्राहक ४/५ हजार रूपैयाँ गेस्टहाउस सञ्चालक लिने गरेको आरोप छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?