+
+

डा. शेखरले पाए बहिनी सुजाताको साथ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १५:३२

४ साउन, काठमाडौं । नेपाली कांग्रेसमा छिन्नभिन्न भएको कोइराला परिवारलाई एकजुट गराउने प्रयास सुरु भएको छ । त्यसक्रममा केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी सभापतिमा डा. शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

१४औं महाधिवेशनमा कोइराला परिवारका तीन सदस्य (डा. शेखर, शशांक र सुजाता) अलगअलग भएका थिए । लामो समय साझा उम्मेदवार दिने बताएका उनीहरू पछि तीनतिर भएका थिए ।

डा. शेखरले सभापतिमा उम्मेदवारी दिँदा सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवारी बनिन् भने केन्द्रीय सदस्य मात्र लडेका शशांकले पनि समर्थन गरेनन् ।

त्यसयता कोइराला परिवारका तीन सदस्य एकठाउँमा देखिएका छैनन् । तर १५औं महाधिवेशनमा सभापति लड्ने तयारीमा रहेका डा. शेखरले भाइ बहिनीको साथ खोजेका हुन् ।

त्यसक्रममा सुजाता शुक्रबार डा. शेखरको सम्पर्क कार्यालयमा पुगिन् । उनले अब कोइराला परिवार एक ढिक्का हुने बताइन् । डा. शेखरले लिएको लिडरसिपलाई आफूले समर्थन गर्ने भन्दै उनले भनिन्, यही ठाउँमा शशांकलाई पनि ल्याउँछौं र ल्याउनुपर्छ ।’

डा. शेखरले पनि कोइराला परिवार एक हुने बताए । ‘१५औं महाधिवेशन आउन थाल्यो, त्यसलाई ध्यान दिएर अगाडि बढ्नुस्’ समर्थकलाई एक हुन आग्रह गरेका उनले भने, ‘मेरो सुजाताजीसँग पहिले पनि कुराकानी भइरहेको छ, हामी एकै ठाउँमा छौं । पहिले पनि उभिएका थियौं, कहिले काँही तलमाथि हुन्छ । त्यो मिलाउने जिम्मा हाम्रो हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?