+

वुमन्स एसिया कप : यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

२०८१ साउन  ४ गते १५:५६ २०८१ साउन ४ गते १५:५६
वुमन्स एसिया कप : यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

४ साउन, काठमाडौं – यूएईले एसीसी वुमन्स एसिया कपमा प्रतियोगिता २०२४ को पहिलो खेलमा नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनायो ।

यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । यूएईले ओपनर तथा कप्तान ईशा ओझालाई दोस्रो ओभरको पाँचौं बलमा १० रनमा रन आउटको रुपमा गुमाएको थियो । एक रन लिने वा नलिने अन्यौलमा अर्की ओपनर थीर्थ सतिशसँग तालमेल गर्न नसक्दा उनी रन आउट भएकी थिइन् ।

सबनम राइको इनस्वींग बलमा रिनिथा रजिथा ६ रनमा बोल्ड आउट भइन् । कप्तान इन्दु बर्माको छैटौं ओभरको तेस्रो बलमा सतिश ९ रनमा कट एण्ड बोल्ड आउट भएपछि यूएई दबाबमा परेको थियो । इन्दुलाई कभरमा सट खेल्नेधुनमा समिरा धर्निधर्क १३ रनमा कविता कुँवरबाट क्याच भएपछि यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् ।

नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो ।

वुमन्स एसिया कप टी–२०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय