+
+

सशस्त्र प्रहरीले निकाल्‍यो छुट्टाछुट्टै घटनामा मृत्यु भएका ४ जनाको शव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १७:५६

४ साउन, काठमाडौं । पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई र माटोको ढिस्कोले पुरिएका दुई गरी चार जनाको शव सशस्त्र प्रहरीको टोलीले निकालेको छ ।

पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा दुई जना र मुस्ताङमा माटोको ढिस्कोमा पुरिदा दुई जना गरी ४ जना बेपत्ता भएका थिए । चारै जनाको शव निकालिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

पौडी खेल्दा बेपत्ता भएका पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ्ग बसपार्क बस्ने १८ वर्षीय स्वयम ताम्राकारको शव निकालिएको हो ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोलीले उनीहरुको शव फेला पारेको हो । फेला परेका दुवै जनाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ ।

यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्रयाक खन्दा माटोको ढिस्कोले पुरिएका दुई जनाको शव पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निकालिएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–१५ बस्ने १९ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका–१ बस्ने ३० वर्षीय रवि दर्लामी मगरलाई नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरेको थियो । उनीहरु दुबै जनाको शव प्रहरीले निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?