+
+

विद्युतीय मतदानको व्यवस्था गर्न सरकारलाई एमालेको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १८:००

४ साउन, काठमाडौं । नेकपा एमालेले विद्युतीय मतदाको व्यवस्था गर्न माग गर्न सरकारलाई सुझाव दिएको छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र बुझाउँदै विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव दिएको हो ।

एमालेले आफ्नो आन्तरिक चुनावहरुमा विद्युतीय मतदान गर्दै आएको छ । तर आमचुनावहरुमा अहिले पनि मतपत्रकै उपयोग हुँदै आएको छ । एमालेले आम चुनाव पनि विद्युतीय मेसिनबाट गर्न सुझाव दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?