+
+

माइक्रोसफ्टको सर्भर डाउन हुँदा विश्वभरि उडान प्रभावित, नेपालमा परेन असर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १९:५३

४ साउन, काठमाडौं । माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा शुक्रबार विश्वभरिका वायुसेवा कम्पनी, मिडियासहितको सेवा प्रभावित भयो । तर, यसले नेपालमा भने कुनै असर नपारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये टर्किस एयरलाइन्सले यो सफ्टवेयर प्रयोग गरिरहेको छ । तर, उसको आज (शुक्रबार) र भोलि (शनिबार) काठमाडौं उडान छैन ।

अन्य वायुसेवा कम्पनीमा भने माइक्रोसफ्टको सफ्टवेयर प्रयोग नभएका कारण काठमाडौं उडानमा कुनै प्रभाव नपरेको निरौलाले जानकारी दिए ।

नेपालको छिमेकी भारतमा भने धेरै उडान आज रद्ध भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हैदरावाद विमानस्थलमा मात्र ३० उडान रद्ध भएका छन् । जसमा स्पाइस जेट र आकाशा एयरसहितका कम्पनीका उडान छन् ।

भारतमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत प्रभावित बनेका छन् । सर्भर डाउन हुँदा सबैभन्दा धेरै असर अमेरिका, अस्ट्रेलिया सहितका देशमा परेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?