+
+

ईश्वर पोखरेलको खुलासा : आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने शर्तमा नयाँ गठबन्धन बन्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ५ गते १०:००

५ साउन, दोहा (कतार) । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने शर्तमा कांग्रेस-एमालेको सरकार बनेको बताएका छन् ।

कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गरेका हुन् ।

पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस-एमाले सरकार बनेको दाबी गरे । २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको उनले बताए ।

सम्बोधनकै क्रममा उनले प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणी समेत गरे । उनकै बेइमानका कारण सरकार ढलेको आरोप लगाए । ‘भन्न वाम भन्ने काम के गर्ने के गर्नेलाई कसरी वाम सरकार गिरेको हो ?’ उनले प्रश्न गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?