
छिमेकी मुलुक भारतमा आफ्नै पत्नीको हत्या गर्ने एक ३८ वर्षीय पुरुषले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
उत्तर प्रदेशको जहाँगिरवादका सचिन वाल्मीकिले आफ्नी पत्नी मन्जु देवीको हत्या गरेको भन्दै सोमबार प्रहरीमा आत्मसमर्पण गरे ।
नगर निगममा करार सेवामा सफाइ कर्मचारीको रुपमा कार्यरत रहेको उक्त दम्पत्तिको बीचमा गत हप्ता विवाद चर्किएको थियो ।
आफू कामबाट घर फर्किएसँगै पत्नी मन्जुदेवीले विनाकारण आफूलाई घुरेर हेरेको र सोही कुरामा विवाद उत्पन्न हुँदा आफूले पत्नीको हत्या गरेको सचिनले प्रहरी समक्ष बताएका छन् ।
आफ्नी पत्नीको विवाहेत्तर सम्बन्ध रहेको शंकासमेत आफूलाई रहेको उनको भनाइ छ । उक्त दम्पत्तिका तीन सन्तान छन् ।
प्रहरीले उनीविरुद्ध अभियोग दायर गरेको छ र हिरासतमा पठाएको छ । घटनाको अनुसन्धान चलिरहेको बताइएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4