+
+

के आइफोन प्रयोगकर्ताले विन्डोज कम्प्युटरबाट कसरी फोन कल गर्ने ?

रासस रासस
२०८१ साउन ५ गते १२:५२

आइफोन प्रयोगकर्ताहरुले आफ्नो फोनलाई विन्डोज पिसी वा ल्यापटपमा जोडेर कल गर्न तथा मेसेज पठाउन सक्दछन् ।

Microsoft Phone Link  एपको माध्यमबाट यो सेवा प्रयोग गर्न सकिन्छ।

हुनत एप्पलले बन्द इकोसिस्टम कायम गर्ने गरेको छ र मुख्यतः आइफोन, म्याक र आइप्याडको बीचमा निर्बाध अन्तरआबद्धताको सुविधा प्रदान गरेको हुन्छ ।

तर उल्लेखित एपबाट आइफोन प्रयोगकर्ताले विन्डोज पिसीसँग पनि उहीँ तहको कनेक्टिभिटीको मज्जा लिन सक्दछन् । त्यसका लागि विन्डोज ११ अपरेटिंग सिस्टम आवश्यक पर्दछ ।

आइफोन प्रयोग गरेर विन्डोज कम्प्युटरबाट कल गर्ने तरिका :

१. माइक्रोसफ्ट अकाउन्टमा लगइन गर्नुहोस् र ब्लुटुथ सक्रिय बनाउनुहोस् । विन्डोज पिसी र आइफोन दुबैमा आफ्नो माइक्रोसफ्ट अकाउन्ट लगइन भएको निश्चित गर्नुहोस् । दुवै डिभाइसमा ब्लुटुथ एक्टिभेट गर्नुहोस् । तपाईंको कम्प्युटरबाट कल गर्नका लागि यो कनेक्सन अत्यावश्यक हुन्छ ।

२. आफ्नो आइफोनमा Link to Windows एप इन्स्टल गर्नुहोस् ।

३. विन्डोज कम्प्युटरमा Phone Link एप खोल्नुहोस् । यो एप विन्डोज ११ मा प्रिइन्स्टल्ड हुन्छ।यसका लागि कम्प्युटरको start मेन्यूमा जानुहोस् र Phone Link एप् सर्च ग्री त्यसलाई खोल्नुहोस् ।

यदि त्यहाँ एप फेला परेन भने Settings मा गएर Phone Link सर्च गर्नुहोस् । त्यसपछि त्यसलाई डाउनलोड गर्नका लागि enable गर्नुहोस् । डाउनलोड भैसकेपछि सेटिंग्सबाट Open Phone Link छानेर एप खोल्नुहोस् । तपाईंले वेबपेजबाट पनि फोन लिंक एप डाउनलोड गर्न सक्नुहुन्छ।

४. डिभाइस Pair गर्नुहोस् : आफ्नो विन्डोज कम्प्युटरेको Phone link विन्डोमा गएर iphone छान्नुहोस् । त्यसपछि आइफोमा आउने प्रम्प्टमा दिइएबमोजिम ब्लुटुथको माध्यमबाट आइफोनलाई विन्डोज पिसीसँग जोड्नुहोस् ।

५. pairing प्रक्रियालाई पूरा हुन दिनुहोस् र त्यसपछि Calls अप्सन छान्नुहोस् ।

६. आफ्नो आइफोन ब्लुटुथबाट विन्डोज कम्प्युटरसँग कनेक्ट भएको निश्चित गर्नुहोस् ।

७. आफूले कल गर्न चाहेको व्यक्तिको सम्पर्क नम्बर हाल्नुहोस् र कल गर्नुहोस् । यसका लागि तपाईंको आइफोन कम्प्युटरको ब्लुटुथ सीमाभित्र हुनु आवश्यक हुन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?