+

नेपाल र रसियाली टोलीबीचको मैत्रीपूर्ण महिला भलिबलको तयारी पूरा

२०८१ साउन  ५ गते १९:५३ २०८१ साउन ५ गते १९:५३
नेपाल र रसियाली टोलीबीचको मैत्रीपूर्ण महिला भलिबलको तयारी पूरा

५ असार, काठमाडौं । नेपाल र रसियाबीच हुने महिला भलिबल खेलको तयारी पूरा भएको छ । नेपालको महिला टोलीले पहिलो पटक रसियाली टोलीसँग भलिबल खेल्न लागेको हो ।

नेपाल भलिबल संघले शनिबार पत्रकार सम्मेलन गरी नेपाल र रसियाली टोलीबीचको मैत्रीपूर्ण खेल साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने जानकारी दिएको छ ।

अरुणा शाहीको कप्तानीमा नेपालको १४ सदस्यीय टोली घोषणा भइसकेको छ । जसमा सुमित्रा रेग्मी र आरती सुवेदी दुई नयाँ खेलाडी छन् ।नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट तथा प्रशिक्षकमा भरत यादव र रुपेश विष्ट छन् ।

यस्तै मैत्रीपूर्ण खेलका लागि रसियाली टोली शुक्रबार काठमाडौं आइसकेको छ ।

अगष्टमा काठमाडौंमै हुने काभा महिला नेसन्स लिगको तयारी स्वरुप नेपालले रसियासँग मैत्रीपूर्ण भलिबल खेल खेल्न लागेको हो । नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो ।

यही साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा हुने काभा वुमन्स नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र सहभागी हुनेछ ।

नेपाली टोली : अरुणा शाही (कप्तान), सरस्वती चौधरी, सलिना श्रेष्ठ (लिबेरो), सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ (लिबेरो), कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी, आरती सुवेदी ।

खेलकुद नेपाल भलिबल संघ भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय