+
+

बङ्गलादेशबाट थप १७ नेपाली विद्यार्थी काठमाडौं फर्कंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते ६:४२

६ साउन, काठमाडौं । बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौं फर्किन थालेका छन् ।

आजमात्रै १७ जना विद्यार्थी नेपाल फर्किन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीका अनुसार परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन लागिएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् ।

बंगलादेशमा कति जना नेपाली विद्यार्थी छन् भन्ने यकिन नभए पनि सबै सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किने विद्यार्थीलाई सूचित गरेको छ । आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न भनेको छ ।

सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलन भड्किएपछि केही दिनदेखि बंगलादेश अशान्त छ । देशभर कर्फ्यु आदेश जारी भए पनि ठाउँठाउँमा झडप भइरहेको छ ।

आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाई तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?