+
+

दुनियाँकै शंकालु महिला, घर छिर्नेबित्तिकै लोग्नेको मेसिनबाट परीक्षण

एजेन्सी एजेन्सी
२०८१ साउन ६ गते ७:२२

प्रेमीप्रेमिका तथा पति पत्नीमा एक अर्काप्रति समर्पण हुने भएकाले आफ्नो पार्टनरलाई कुनै विपरीत लिंगीसँग नजिकिएको सायद कसैले पनि मन पराउँदैन । तर, कतिपय मानिसहरु निकै धेरै शंकालु हुन्छन् वा उनीहरूमा जलनको भावना यतिधेरै हुन्छ कि त्यसले सबै हद पार गरिदिन्छ ।

बेलायतमा हालै एकजना यस्तै महिला चर्चामा छिन् । जसलाई विश्वकै सबैभन्दा इष्र्यालु तथा शंकालु महिला भन्न थालिएको छ ।

डेब्बी उड नामक ती महिलाले आफ्ना लोग्नेमाथि धेरै कडा बन्देज लगाएकी छिन् । टेलिभिजन कार्यक्रम This Morning Back मा ती दम्पतीले यस विषयमा विशेष खुलासा गरेका छन् ।

डेब्बीले आफ्ना पति स्टिभ कहिले र कहाँ जान्छन् ? के के गर्छन् ? कोसँग भेट्छन् अनि के कुराकानी गर्छन् सबै कुराको जानकारी राख्छिन् । यसका लागि उनले घरमा एउटा झुटो कुरा पक्रिने अर्थात् लाई डिटेक्टर मेसिन राखेकी छिन् । स्टिभ जब बाहिरबाट घर आउँछन् तब डेब्बीले आफ्नो इच्छा अनुसार पतिको मेसिनबाट परीक्षण गर्छिन् ।

एकपटक पतिपत्नीबीच छलफल हुने क्रममा स्टिभले आफू सत्य कुरा बोलेको र नपत्याएमा ‘लाई डिटेक्टर’ टेष्ट गर्न भनेपछि डेब्बीलाई उक्त मेसिन घरमा राख्ने आइडिया फुरेको हो ।

उनीहरूको प्रेम सम्बन्धको सुरुआतमा एक अर्काको टाढा बसेको बेला त्यस्तो अविश्वास तथा बहस हुने गर्दथ्यो । त्यसबेला स्टिभ अरु युवतीसँग पनि डेटिङमा थिए । त्यो थाहा पाउँदा डेब्बीलाई जलन भयो र झगडा गर्न थालिन् । त्यस्तोमा आफूलाई निर्दोष सावित गर्नका लागि स्टिभले ‘लाई डिटेक्टर’ टेस्ट गराउन पर्‍यो ।

आफूहरूको सम्बन्ध्लाई बचाइराख्नका लागि आफू चरम सीमासम्म पुगेको डेब्बी बताउँछिन् । अहिले उक्त घटनाको एक वर्ष बितिसकेको छ र उनले पतिलाई केही हल्का छुट प्रदान गरेकी छिन् । तथापि उनले हरेक हप्ता वा मासिक रुपमा पतिको झुट परीक्षण गराउँछिन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?