+
+

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ रियाल, रिंगिट दिराम भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते ८:४२

६ साउन, काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले यस दिनका लागि डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ १७ पैसा तोकेको छ । यसअघि शुक्रबार बिक्रीदर मूल्य १३४ रुपैयाँ १५ पैसा थियो । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ५७ पैसा छ ।

साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७७ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६१ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७९ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६३ पैसा तोकिएको छ । रियाल शुक्रबारको तुलनामा स्थिर छ ।

मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ६२ पैसा र खरिददर मूल्य २८ रुपैयाँ ४९ पैसा छ । यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ५३ पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ३७ पैसा छ । एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९७ रुपैयाँ ८७ पैसा छ भने अस्ट्रेलियन डलरको ८९ रुपैयाँ ८४ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?