+
+

यी हुन् सबैभन्दा धेरै जनसंख्या भएका विश्वका १० देश

एजेन्सी एजेन्सी
२०८१ साउन ६ गते ११:५६

विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश कुन हो ? विश्वका सबैभन्दा ठुला अर्थतन्त्र भएका शीर्ष १० मुलुकमध्ये ४ वटा देश विश्वमा सर्वाधिक जनसंख्या भएका शीर्ष १० देशको सूचीभित्र पनि पर्दछन् भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्दछ ।

संयुक्त राष्ट्रसंघीय वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२४ अनुसार हाल विश्वको जनसंख्या ८ अर्ब २० करोड पुगेको छ ।

सन् २०८० को दशकको मध्यसम्ममा विश्वको जनसंख्या १० अर्ब ३० करोडको उच्चतम विन्दुमा पुग्ने प्रक्षेपण राष्ट्रसंघले गरेको छ । तर, त्यसपछि भने विश्वको जनसंख्या क्रमशः घट्दै जाने र शताब्दीको अन्त्यसम्ममा १० अर्ब २० करोडमा झर्ने बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय प्रतिवेदन अनुसार हाल विश्वमा सर्वाधिक जनसंख्या भएका शीर्ष १० देश यी हुन् :

१. भारत

India

भारत गत वर्ष सन् २०२३ मा विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको हो र त्यसक्रममा उसले चीनलाई पछि पारेको छ ।

भारतको जनसंख्या हाल एक अर्ब ४५ करोड नाघेको छ । दश वर्षअघि भारत विश्वमा सर्वाधिक जनसंख्या भएको मुलुकको सूचिमा चीनपछि दोस्रो स्थानमा थियो र उसको जनसंख्या एक अर्ब ३१ करोड थियो ।

स्मरण रहोस् भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्त हो । भारतको जिडिपीको आकार ३९ खर्ब ३७ अर्ब डलर छ ।

२. चीन

China

विगतमा विश्वको सर्वाधिक जनसंख्या भएको देशको रुपमा रहेको चीन हाल भने दोस्रो  स्थानमा छ । चीनको जनसंख्या एक अर्ब ४२ करोड रहेको छ । चीन १८५ खर्ब डलर जिडिपीसहित विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक हो ।

३. अमेरिका

United States of America

विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र (२८७ खर्ब डलर जिडिपी) भएको देश अमेरिका जनसंख्याको आधारमा चाहिं तेस्रो स्थानमा छ । राष्ट्रसंघका अनुसार अमेरिकाको हालको जनसंख्या २४ करोड ५० लाख छ ।

४. इण्डोनेसिया

Indonesia

धेरै जनसंख्या भएका मुलुकको सूचीमा चौथो स्थानमा रहेको इण्डोनेसियाको जनसंख्या २८ करोड ३५ लाख छ । इण्डोनेसिया विश्वको १६औं ठूलो अर्थतन्त्र हो ।

५. पाकिस्तान

Pakistan

दक्षिण एसियाली छिमेकी पाकिस्तान विश्वमा जनसंख्याको आधारमा पाँचौ स्थानमा पर्दछ । पाकिस्तानको जनसख्या करिब २५ करोड १३ लाख छ ।

६. नाइजेरिया

Nigeria

संयुक्त राष्ट्रसंघको पछिल्लो रिपोर्टअनुसार छैटौं स्थानको नाइजेरियाको जनसंख्या २३ करोड २७ लाख छ ।

७. ब्राजिल

Brazil

जनसंख्याको आधारमा विश्वमा सातौं ठुलो देश ब्राजिलको कुल जनसंख्या २१ करोड २० लाख छ । हाल विश्वको नबौं ठुलो अर्थतन्त्र रहेको ब्राजिल यो वर्ष ८औं स्थानमा उक्लिने प्रक्षेपण छ । ब्राजिलको जिडिपी २३ खर्ब ३१ अर्ब डलर रहेको छ ।

८. बंगलादेश

Bangladesh

क्षेत्रफलमा झण्डै नेपाल जत्रै भए पनि दक्षिण एसियाली मुलुक बंगलादेश विश्वमा धेरै जनसंख्या भएका शीर्ष मुलुकहरूभित्र पर्दछ । त्यहाँको जनसंख्या करिब १७ करोड ३६ लाख छ ।

९. रुस

Russian Federation

क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठुलो देश रुस जनसंख्याको आधारमा भने नबौं स्थानमा पर्दछ । रुसको हालको जनसंख्या १४ करोड ४८ लाख छ । विश्वको ११औं ठुलो अर्थतन्त्रको रुपमा रहेको रुसको जिडिपी १९ खर्ब ९७ अर्ब डलर छ ।

१०. इथियोपिया

Ethiopia

अफ्रिकी मुलुक इथियोपिया विश्वमा धेरै जनसंख्या भएका शीर्ष १० मुलुकको सूचीमा रहेको छ । त्यहाँको जनसंख्या करिब १३ करोड २० लाख रहेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?