+
+

जुवातास खेलेको आरोपमा बूढानीलकण्ठबाट १० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १२:३१

६ साउन, काठमाडौं । तासजुवा खेलेको आरोपमा बूढानीलकण्ठबाट १० जना पक्राउ परेका छन् ।

बूढानीलकण्ठ नगरपालिका-११ खरिबोटस्थित प्रगति चोकमा डेरा गरी बस्ने ७२ वर्षीय रमेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लामासहित १० जनालाई प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट नगद एक लाख ३६ हजार ५०० रूपैयाँ, ६ बुक तास र ३७ थान क्वाइन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुविरुद्ध तासजुवा खेल्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?