+
+

सेयर बजारले सरकारप्रति जनताको भरोसा र विश्वास देखाएको छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १४:४२

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारले नै सरकारप्रति जनताको विश्वास र भरोसाा देखाएको बताएका छन् ।

आइतबार संसदमा विश्वासका मत माग्दै सम्बोधन क्रममा प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण सेयर बजार हो । अब सेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुन्छ ।’

उनले आफ्नो नेतृतवको सरकार बनेपछि अर्थतन्त्रको ऐनमा मानिने सेयर बजार हरियो भएको बताए ।

‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार दुई सातामा ४०० अंकभन्दा धेरैले बढेको छ । नेप्से २७ महिनायताकै उच्च भएको छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?