+
+

स्वर्णिम वाग्ले संसदको पहिलो लहरकै कुर्सीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १८:५३

६ साउन, काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) भित्र उपसभापतिको बरियता क्रमलाई लिएर किचलो छ । पछिल्ला संसद बैठकमा समेत त्यो झल्किन गएको छ ।

रास्वपामा सभापति रवि लामिछानेपछि उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले मध्ये कसको बरियता माथि भन्ने खटपट बीच वाग्ले आज पहिलो लहरमा देखिएका छन् ।

असार ३१ गतेको प्रतिनिधि सभाको बैठकमा सभापति लामिछाने र उपसभापति अर्याल मात्र पहिलो लहरमा थिए । आइतबार बसेको बैठकमा वाग्ले पनि पहिलो लहरैमा देखिएका हुन् ।

असार ३१ गते रास्वपा सभापति लामिछाने र अर्याल माओवादी केन्द्रका सांसदहरू रहेको ‘रो’ मा सँगै थिए ।

आइतबार अर्याल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रहेको ‘रो’ मा सरे । सोही लहरमा रास्वपाका उपसभापतिद्वय अर्याल र वाग्ले सँगै देखिएका हुन् ।

असार ३१ गते वाग्ले अगाडिको ‘रो’ मा बस्न खोजेका थिए । तर सभापति लामिछाने र उपसभापति अर्याल पहिलो ‘रो’ मा बसेपछि वाग्लेका लागि ठाउँ भएन । त्यसपछि वाग्लेले दोस्रो लहरको कुर्सीमा बस्न इन्कार गरे र पछाडि गएर बसेका थिए ।

वाग्लेको असन्तुष्टि सम्बोधन गर्न आइतबार पहिलो लहरमै बस्ने व्यवस्था मिलाइएको हो । यसको व्यवस्थापनका लागि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सहजीकरण गरेका थिए ।

माओवादी र रास्वपा प्रतिपक्षी बेन्चमा एकसाथ छन् । एकीकृत समाजवादी, राप्रपा पनि प्रतिपक्षी बेन्चमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?