+
+

‘हन्टर’का लागि एक्सन सिक्दै गरिमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १६:१५

काठमाडौं । पछिल्लो समय एक्सन फिल्मतर्फ अभिनेत्रीहरुको आकर्षण बढ्दो छ । रेखा थापा, पूजा शर्मा, आँचल शर्मा, नम्रता श्रेष्ठ र प्रियंका कार्कीले आफूलाई एक्सन अवतारमा प्रस्तुत गरिसके ।

मोडल तथा अभिनेत्री गरिमा शर्मा पनि एक्सन अवतारमा देखिने पक्का भएको छ । उनले हालै नयाँ एक्सन फिल्म ‘हन्टर’ साइन गरेकी छन् । यो फिल्ममा गरिमा लिड–लेडीको रुपमा देखिनेछन् । गरिमा शीर्ष भूमिकामा देखिन लागेको यो पहिलोपटक हो ।

यो फिल्मका लागि गरिमा यतिबेला ज्यान बनाउँदैछिन् । एथ्लेट ल्याण्ड नामक फिटनेस सेन्टरमा उनी दैनिक जिम गरिरहेकी छिन् भने बक्सिङ पनि सिक्नेछिन् । ‘एक्सनका लागि ज्यान कसिलो देखिने बनाउँदैछु,’ अनलाइनखबरसँग उनले भनिन् ।

एउटै खाले भूमिकामा देखिनुभन्दा चरित्रमा विविधता दिन इच्छा रहेको उनले बताइन् । उनी डेब्यु फिल्म ‘लण्डन टु पेरिस’मा लभरगर्ल रोलमा थिइन् । ‘मलाई क्यारेक्टर स्वीच गरेर फिल्म खेल्न मन थियो । त्यही प्यार्टन गर्दै नजाऊँ बरु क्यारेक्टरको आयाम बढाउन मन थियो,’ उनले भनिन् ।

जीवन सिंहले निर्देशन गर्ने यो फिल्मको औपचारिक घोषणा हुन बाँकी छ । फिल्ममा उनी अरुण क्षेत्रीको अपोजिटमा देखिनेछन् । यो फिल्ममा पूर्णिका सिंजापति र मिस पवी पनि देखिने चर्चा छ । मंसिरदेखि यो फिल्मको छायांकन सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?